
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो।
नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि सुनको मूल्यमा निरन्तर उत्तारचढाव देखिएको छ।
सुनको मूल्य बढ्दा चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँ तोकिएको छ।

























