एभरेस्टमा अन्तर हाउस फुटबलमा कोशी विजयी  

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १८:२७
 एभरेस्टमा अन्तर हाउस फुटबलमा कोशी विजयी  

विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा अन्तर हाउस फुटबल प्रतियोगिता सुरु भएको छ ।
अन्तर हाउस फुटबल प्रतियोगिताको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले उद्‌घाटन गरे । ३ दिनसम्म हुने प्रतियोगितामा कक्षा ३ देखि ९ कक्षासम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा ४ वटा समूहको बेग्लाबेग्लै स्पर्धा हुनेछन् । पहिलो दिन कक्षा ३ देखि ५ सम्मका ४ वटा हाउसबिच भएको खेलमा कोशी हाउसले उपाधि जितेको छ ।

कोशीले गण्डकी हाउसलाई २–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो । जसका लागि कक्षा ४ का निर्भिकबाबु कालिकोटेले र कक्षा ५ का प्रिन्स साहले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता निर्भिकबाबु म्यान अफ द टुर्नामेन्ट भए ।

यसअघि, कर्णालीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो भने पहिलो खेलमा मेचीलाई  १ का विरुद्ध ३ गोल गर्दै कोशी फाइनलमा पुगेको थियो ।

प्रतियोगिताअन्तर्गत बुधबार कक्षा ६ र ७ को समूह तथा ८ र ९ को समूहका खेलहरू हुने छन् । बिहीबार ८ र ९ को समूहको फाइनल खेल तथा छात्रा खेलाडीहरूको स्पर्धा हुने विद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.