टी–२० विश्वकपमा पाकिस्तानको दबदबा कायमै

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार ०६:१३

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हात पार्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ ।

मंगलबार कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब (एसएससी) मैदानमा सम्पन्न समूह ‘ए’को खेलमा अमेरिकालाई ३२ रनले पराजित गर्दै पाकिस्तान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै पाकिस्तानले २ खेलबाट चार अंक जोडेको छ ।

यसअघि पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । अमेरिका भने लगातार दोस्रो खेलमा पराजित भएको छ । उसले पहिलो खेलमा सह–आयोजक भारतसँग हार बेहोरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । पाकिस्तानको इनिङ्समा ओपनर साहीबजादा फरहानले उत्कृष्ट ब्याटिङ गरे । उनले ४१ बल खेल्दै ६ चौका र ५ छक्कासहित सर्वाधिक ७३ रन जोडे । फरहानको आक्रामक सुरुवातले पाकिस्तानलाई बलियो आधार दिएको थियो ।

कप्तान बाबर आजमले पनि जिम्मेवार ब्याटिङ गर्दै ३२ बलमा ४ चौका र १ छक्काको मद्दतले ४६ रन बनाए । मध्यक्रममा शदाब खानले छोटो तर प्रभावशाली इनिङ्स खेले । उनले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे । अन्तिम ओभरतिर पाकिस्तानले केही विकेट गुमाए पनि टोली १९० रनसम्म पुग्न सफल भयो ।

अमेरिकाका लागि बलिङतर्फ स्याडली भान स्यालवाएक सबैभन्दा प्रभावकारी देखिए । उनले ४ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए । यो उनको लगातार दोस्रो खेलमा ४ विकेट हो ।

यसअघि भारतविरुद्धको खेलमा पनि स्यालवाएकले ४ विकेट लिएका थिए । दुई खेलबाट ८ विकेटसहित उनी हाल प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । अन्य अमेरिकी बलरले भने पाकिस्तानका प्रमुख ब्याट्सम्यानलाई रोक्न संघर्ष गरे ।

१९१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको अमेरिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमै सीमित रह्यो । अमेरिकाको जितको आशा मध्यक्रमसम्म कायम भए पनि अन्तिमतिर रनरेट बढ्दै जाँदा टोली दबाबमा पर्‍यो ।

अमेरिकाका लागि शुभम रञ्जाने र ओपनर शायन जहाङ्गिरले उल्लेखनीय ब्याटिङ गरे । रञ्जानेले ३० बलमा ३ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५१ रन बनाए । जहाङ्गिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे । तर, यी दुईको इनिङ्स टोलीलाई जितसम्म पुर्‍याउन पर्याप्त हुन सकेन ।

मिलिन्द कुमारले २२ बलमा २९ रन जोडे भने विकेटकिपर ओपनर आन्द्रेस गौसले १३ बलमा १३ रन बनाए । बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा समेत पुग्न सकेनन्, जसका कारण अमेरिका लक्ष्यबाट टाढिँदै गयो ।

पाकिस्तानका बलरले सामूहिक रूपमा सन्तुलित प्रदर्शन गरे । उस्मान तारिकले ३ विकेट लिए भने शदाब खानले २ विकेट हात पारे । शाहिन शाह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १–१ विकेट लिँदै अमेरिकाको इनिङ्सलाई नियन्त्रणमा राखे ।

यस खेलमा अर्को चासोको विषय बनेका थिए एहसान आदिल । पाकिस्तानका लागि टेस्ट र एकदिवसीय क्रिकेट खेलिसकेका आदिलले यसपटक अमेरिकाको जर्सीमा टी–२० विश्वकप डेब्यू गरे । घाइते भएका जेसी सिंहको स्थानमा टोलीमा समेटिएका आदिलले ३ ओभरमा ३९ रन खर्चिए पनि विकेट लिन सकेनन् । पाकिस्तानविरुद्ध खेल्नु उनीका लागि विशेष अनुभव बनेको थियो ।

लगातार दोस्रो जितसँगै पाकिस्तान समूह ‘ए’मा मजबुत अवस्थामा पुगेको छ । अमेरिका लागि प्रतियोगिताको यात्रा थप कठिन बनेको छ । आगामी खेलहरूमा अमेरिका पुनरागमनको प्रयासमा रहनेछ भने पाकिस्तान विजयी लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिनेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×