
काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६२ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने वृद्धि भएको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ७८ रुपैयाँ कायम गरिएको छ।

























