निराश नहुन पारस खड्काको आग्रह: ‘हाम्रो क्रिकेटको इतिहास नै उतारचढावपूर्ण छ’

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १७:०२

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले इंग्ल्याण्डविरुद्धको सानदार प्रदर्शनपछि इटालीसँगको अप्रत्याशित हारले समर्थकहरू निराश भए पनि टोलीले धैर्यता गुमाउन नहुने बताएका छन्। मुम्बईको वाङ्खडे स्टेडियममा इंग्ल्याण्डसँगको खेलपछि विश्व क्रिकेटको ध्यान नेपालले खिचेको उल्लेख गर्दै उनले दोस्रो खेलको नतिजा बिर्सिएर आगामी खेलमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘नेपाली क्रिकेटको इतिहास नै उतारचढावपूर्ण छ, प्रदर्शनमा अझै स्थिरता आउन सकेको छैन,’ खड्काले भने, ‘इंग्ल्याण्डसँगको खेलपछि सबैमा आशा ह्वात्तै बढेको थियो, तर इटालीसँगको हार पक्कै पनि सहज थिएन। खेलमा जित–हार हुन्छ, तर सानो लक्ष्य पछ्याउँदा भएको हारले सबैलाई दुखी बनाएको छ।’

पूर्वकप्तान खड्काले नेपाली खेलाडीहरूको मानसिक सुदृढीकरण र संरचनागत सुधारको खाँचो औंल्याए। सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र दबाबले खेलाडीको प्रदर्शनमा असर पार्न सक्ने सम्भावना रहेको बताउँदै उनले आलोचनालाई सकारात्मक रूपमा लिएर अघि बढ्न सुझाव दिए। ‘खेलाडी मेहनती छन्, अब उनीहरूको व्यक्तित्व विकास र मानसिक पक्षमा काम गर्ने हो भने प्रदर्शन सन्तुलित बन्न सक्छ,’ उनले थपे।

अंकगणितीय रूपमा नेपालको अझै सम्भावना बाँकी रहेको भन्दै उनले फेब्रुअरी महिना नेपाली क्रिकेटका लागि सधैँ सुखद रहने विश्वास व्यक्त गरे। विश्वकप खेल्नु नै आफैँमा ठूलो उपलब्धि भएको बताउँदै उनले क्यानले ठूला राष्ट्रहरूसँग क्रिकेट शृङ्खलाका लागि पहल गरिरहेको जानकारी दिए।

उनले भने, ‘जब टोलीले मैदानमा राम्रो प्रदर्शन गर्छ, अन्तर्राष्ट्रिय अवसर र ठूला टोलीसँगको शृङ्खलाहरू आफैँ आउँछन्। खेलाडीहरू फ्रेन्चाइज लिगको नजरमा पर्न पनि मैदानको प्रदर्शन नै मुख्य कुरा हो।’ क्यान सचिव खड्काले नेपाली क्रिकेटलाई बलियो बनाउन आफूहरू निरन्तर लागिरहेको र समर्थकको मायालाई निराशामा बदलिन नदिने प्रतिबद्धता समेत जनाए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.