विराटनगरका सहकारीलाई कानुनी दायरामा ल्याउन सक्रियता

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १०:२६

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरभित्र दर्ता भएका सहकारी संस्थाहरूलाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन्। विगतमा नियमविपरीत र अव्यवस्थित रूपमा चलेका सहकारीलाई नियमन गरी दायरामा ल्याइएको उनले दाबी गरे।

महानगरको सहकारी शाखाद्वारा आयोजित दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिमको उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउन महानगर प्रतिबद्ध रहेको स्पष्ट पारे। सहकारीहरू आफ्नै मूल मर्म र भावनाअनुसार चल्नुपर्नेमा उनले जोड दिए।

मेयर कोइरालाका अनुसार निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा सहकारी प्रभावकारी माध्यम बन्न सक्छन्। यसका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापन अनिवार्य रहेको उनले औंल्याए।

तालिम कार्यक्रममा महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारी सञ्चालक र व्यवस्थापकहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा यस्ता कार्यक्रम भइरहेको जानकारी दिए। व्यवस्थापकहरू सहकारीको कार्यकारी नेतृत्व भएकाले उनीहरूको दक्षता संस्थालाई सही दिशामा लैजान महत्त्वपूर्ण हुने उनको भनाइ छ।

आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला र सहकारी शाखा प्रमुख चाँदनी राईले स्थानीयस्तरमा छरिएको पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा लगाउनु नै सहकारीको उद्देश्य भएको बताए। हाल महानगरले सहकारीहरूको नियमित अनुगमन, समीक्षा र अन्तरक्रिया गरिरहेको छ।

यस तालिममा राष्ट्रिय सहकारी बैंकका कोशी प्रदेश प्रमुख चिरञ्जीवि तिम्सिना लगायतका विज्ञहरूले सहजीकरण गरिरहेका छन्। कार्यक्रममा महानगरका विभिन्न सहकारीका ४० जना व्यवस्थापक तथा कर्मचारीको सहभागिता रहेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.