टी-२० विश्वकप: सान्त्वना जितको खोजीमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ५, मंगलबार १०:३५

काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको यस प्रतियोगितामा नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

यसअघि खेलिएका तीनवटै खेलमा पराजित भइसकेको नेपालका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ। नेपाल पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो। लगातारको हारसँगै नेपालको सुपर-८ मा पुग्ने सम्भावना गणितीय रूपमा पनि समाप्त भइसकेको छ।

समूह ‘सी’ मा रहेको नेपालसँगै यस समूहबाट इंग्ल्याण्ड र वेस्ट इन्डिज अर्को चरणमा प्रवेश गरिसकेका छन्। इटाली, स्कटल्याण्ड र नेपाल भने प्रतियोगिताबाट बाहिरिइसकेका छन्। २० टोली सहभागी यस विश्वकपमा नेपालले तेस्रो पटक सहभागिता जनाएको हो।

नेपालले आजको खेल जितेर विश्वकपको सुखद अन्त्य गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×