सेयर बजारमा २० अङ्कको गिरावट, परिसूचक २६५० मुनि

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १५:४७

काठमाडौं। एक महिनाको अन्तरालपछि सेयर बजार परिसूचक नेप्से फेरि २६५० को विन्दुभन्दा तल ओर्लिएको छ। मंगलबार बजार २०.७५ अङ्कले घटेर २६४२.१५ विन्दुमा कायम भएको हो। यो अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतको गिरावट हो।

मंगलबार दिनभरिमा ३५४ कम्पनीका २ करोड ५ लाख कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँमा किनबेच भए। बजारमा आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुल २१४ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ४२ कम्पनीको मूल्यमा मात्र सुधार देखिएको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

घट्दो बजारमा पनि सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.६४ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

समूहगत परिसूचकतर्फ ट्रेडिङ र म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूह ओरालो लागेका छन्। सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा देखिएको छ, जुन २.११ प्रतिशतले घटेको छ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.