ग्रीनपिस सुपर लिगको उपाधि टाइटन्सलाई

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १८:२५

विराटनगर । ग्रीनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रीनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो ।

वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइटन्सका रहमद हुसैनले ४ विकेट लिँदा तलाहा खानले ३ विकेट लिए । १ सय २ रनको लक्ष्य पाएको टाइटन्सले १८ दशमलव ५ बलमा ५ विकेटमा विजयी लक्ष्य भेट्टाएको थियो ।

टाइटन्सका यफ्रिदि मियाले ४१ रन बनाउँदा मेराज शेखले १० रनको योगदान दिए । वारियर्सका अब्बु उवेदा अन्सारीले ४ विकेट लिँदा समिम रैनले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दी फाइनल टाइटन्सका रहमद हुसैन घोषित भए भने उत्कृष्ट ब्याटर टाइटन्सका यफ्रिदि मिया, उत्कृष्ट बलर टाइटन्सका रहमद हुसैन घोषित भए । त्यस्तै प्लेयर अफ टुर्नामेन्ट वारियर्सका अब्बु उदेवा अन्सारी घोषित हुँदा उदयमान खेलाडी वारियर्सका समिम रैन घोषित भए । आइतबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरका ४ टिमको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.