
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १६० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ तय गरिएको छ।

























