नेपाल-भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार ०९:१४

काडमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबिचको आर्थिक सहकार्यलाई थप परिणाममुखी र प्रभावकारी बनाउनुपर्नेमा विशेष जोड दिएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै उनले दुई देशबिचको व्यावसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए।

अध्यक्ष ढकालले नेपाल र भारतबिच सहज भन्सार प्रक्रिया, गुणस्तर मापदण्डको समन्वय र डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गरे। उनले साना तथा मझौला उद्योगहरूलाई वित्तीय पहुँच र आधुनिक प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्ने पक्षलाई मुख्य प्राथमिकतामा राखे। भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको प्रमुख स्रोत भएको बताउँदै उनले खुला सीमा र सांस्कृतिक निकटताले यो सम्बन्धलाई अझ विशिष्ट बनाएको धारणा राखे।

विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खलामा आउने अवरोधहरूको सामना गर्न छिमेकी राष्ट्रबिचको सहकार्य झनै बलियो हुनुपर्ने उनको तर्क थियो। भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी र हरित ऊर्जामा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसरका ढोकाहरू खोल्ने उनले बताए।

नेपाल जलविद्युतमा धनी रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ढकालले उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो ‘हरित ऊर्जा साझेदार’ बन्न सक्ने विश्वास दिलाए। उनले पर्यटन, होटल, रिसोर्ट, केबलकार, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आह्वान समेत गरे।

नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको चर्चा गर्दै उनले लगानीकर्ताको विश्वास जित्न नीतिगत सुधारका कार्यहरू भइरहेको जानकारी दिए। यो व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम मात्र नभई दुई देशको सद्भावनालाई ठोस व्यावसायिक साझेदारीमा बदल्ने एउटा महत्त्वपूर्ण मञ्च भएको उनले बताए।

कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, भारतका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धिया, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह सेखावत र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा लगायत दुवै देशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.