सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारीमाथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार ०८:४४

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।

घरमै सुतिरहेका बेला राति १०ः३० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनका अनुसार अधिकारीमाथि कुन हतियारले आक्रमण गरिएको हो भनेर पनि यकिन भइसकेको छैन । मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फागुन ५ गते नेपाल फर्किएको पाइएको प्रहरीले जनाएको छ । घटना उनकै श्रीमतीको मिलेमतोमा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

डीएसपी चौधरीका अनुसार अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)लाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ । ‘प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेमतो गरेर श्रीमतीले घटना गराएजस्तो देखिन्छ । त्यही भएर श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने ।

प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले भने सोधपुछका क्रममा आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेको बताएकी छन् । तर, घटनास्थलको प्रकृति हेर्दा उनी एक्लैले घटना गराएजस्तो नदेखिने प्रहरीको भनाइ छ । ‘घटनामा अरु पनि व्यक्ति संलग्न छन् भन्ने आशंका छ । सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ,’ चौधरीले भने ।

रन्जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनामा संलग्न सम्भावित अन्य व्यक्तिको खोजी एवं पहिचानका लागि बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.