सुनको मूल्य : प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्यो

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १०:४९

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य उल्लेख्य रूपमा बढेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन दुई दिनको अन्तरालमा ५ हजार ६०० रुपैयाँले महँगिएको हो। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार यसको मूल्य ५ हजार ५० रुपैयाँ थियो। प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ६५१ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको सीधा प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्। लगानीकर्ताहरूका लागि यो वृद्धिले नयाँ तरंग ल्याएको छ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.