संखुवासभामा जिल्लास्तरीय खुल्ला पुरुष तथा महिला फुटबल

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २७, बुधबार १९:१६

विराटनगर । संखुवासभा जिल्लास्तरीय खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि हिमचुली र चप्लेटी युवा क्लबले जितेका छन् ।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गतेदेखि संखुवासभाको चैनपुर नगरपालिका–७ मा आयोजित प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ हिमचुली र महिलातर्फ चप्लेटीले उपाधि जितेको आयोजक पिपलडाँडा यूवा क्लबका अध्यक्ष सांगे शेर्पाले जानकारी दिए ।

हिमचुलीले १५ हजार ५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चप्लेटी युवा क्लबले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुष फुटबलको उपविजेता आयोजक (ए) भएको छ । उसले ८ हजार ५ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ ।

महिला फुटबल तर्फको उपविजेता आयोजक (ए) भएको छ । उसले २ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी आयोजक एका सौरभ श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक हिमचुलीका नगेन्द्र लिम्बू घोषित भएका थिए ।

प्रतियोगितामा पुरुष फुटबलतर्फ ३६ र महिला फुटबलतर्फ ७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई स्थानीय समाजसेवी सुन्दर तामाङले नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×