हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तण्डुकार सम्मानित

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १०:०७
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तण्डुकार सम्मानित

काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवीन तण्डुकारलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा २०४५ सालको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तण्डुकारलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र हास्य कलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । संकटा क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका ६६ वर्षीय तण्डुकारले यो सम्मान आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण भएको बताए ।

राष्ट्रिय यु ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित भइन् ।

त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्ट अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्वराजदूत पनि हुन्), राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहा निर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक संघका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई अवार्ड प्रदान गरे ।

त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बूले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.