‘ए’ डिभिजन क्लबहरू आन्दोलित: एन्फाले एकतर्फी निर्णय गरेको भन्दै विरोध

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १३:२१

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडी संघबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी वैशाख १ गतेबाट सुरु गर्ने सहमति भएपछि ‘ए’ डिभिजन क्लबहरूले त्यसको कडा विरोध गरेका छन्। एन्फाले क्लबहरूसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा लिगको मिति तोकेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

खेलाडीहरूको आन्दोलनपछि एन्फाले वैशाख १ मा उद्घाटन खेल र जेठ २० बाट नियमित खेलहरू सञ्चालन गर्ने निर्णय गरेको थियो। तर क्लबहरूले भने यो निर्णय अव्यवहारिक र विधानविपरीत भएको दाबी गरेका छन्। हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा भेला भएका क्लबका प्रतिनिधिहरूले पत्रकार सम्मेलन गर्दै एन्फाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

लिगका मुख्य सरोकारवाला क्लबहरूसँग छलफल नै नगरी खेलाडीसँग मात्र सम्झौता गरेर मिति तोकिनु गलत भएको क्लबहरूको ठहर छ। लिग सुरु हुनुअघि खेलाडी दर्ता र सरुवाको समय कति हुने भन्नेमा अन्योल रहेको र टिम तयारीका लागि पर्याप्त समय नदिइएको उनीहरूले बताए। हाल जारी राष्ट्रिय लिगलाई छोट्याएर तुरुन्तै ‘ए’ डिभिजन सुरु गर्दा खेलाडीहरूलाई शारीरिक भार पर्ने र चोटपटकको जोखिम बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ।

क्लबहरूले २०८२ कात्तिक १७ गते एन्फा र क्लबहरूबीच भएको पुरानो सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेका छन्। उनीहरूले सात बुँदे मागपत्र प्रस्तुत गर्दै एन्फालाई आफ्नो कार्यशैली सुधार्न र व्यावसायिक ढङ्गले लिग सञ्चालन गर्न चेतावनी दिएका छन्। यदि आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने र लिगमा सहभागी नहुन सक्ने संकेत उनीहरूले दिएका छन्।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.