प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ मा गर्ने तयारी

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १७:३४

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते गराउने तयारी गरिएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार प्रमाणपत्र उपलब्ध गराएसँगै सोही दिन निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालय र संघीय संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट प्रतिवेदन प्राप्त भएलगत्तै शपथको औपचारिक सूचना सार्वजनिक गरिनेछ। ‘चैत ५ गते प्रतिवेदन प्राप्त भएमा भोलिपल्टै सूचना निकाल्ने गरी तयारी भइरहेको छ’ गिरीले भने। शपथको मिति र व्यवस्थापनबारे संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल भइरहेको सचिवालयले जनाएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। यसपटकको निर्वाचनमा आमूल परिवर्तन देखिएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १६२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ। ३८ सिटसहित नेपाली कांग्रेस दोस्रो र ३५ सिटसहित नेकपा एमाले तेस्रो शक्ति बनेका छन्।

यस्तै, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो, ७ सिटसहित नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टी पाँचौँ र ५ सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैठौँ दल बनेका छन्। संसद्‌मा एक जना स्वतन्त्र उम्मेदवारको पनि प्रतिनिधित्व रहनेछ। नयाँ शक्ति सन्तुलनसँगै मुलुकले नयाँ सरकार पाउने प्रक्रिया अब तीब्र हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.