
काठमाडौं । सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले झापा एफसीलाई पराजित गर्दै अंक जोडेको छ ।
बुधबार भएको दोस्रो खेलमा झापालाई ५–० ले हराउँदै आर्मीले लिगमा उत्कृष्ट सुरुआत गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा आर्मीले दोस्रो हाफमा ५ गोल गर्दै सानदार जित निकाल्यो ।
आर्मीका लागि अन्जना थुलुङ राईलले २ गोल, दीपा शाही, हिमा चौधरी र तुलसा बोहाराले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।
आज भएको पहिलो खेलमा संकटाले एनआरटीलाई ४–० ले हराएको थियो ।

























