सूर्य नेपाल वेस्टर्न ओपन जारी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १९:१७
सूर्य नेपाल वेस्टर्न ओपन जारी

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत ५ औँ प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा रहेका छन् ।

३–अन्डर ६६ खेलेका उनले समग्रमा ३–अन्डर १ सय ३५ को स्कोरमा शुक्रबहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन् । बिहीबार (आज) २–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे ।
१–ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १–ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरे । समग्रमा २–ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । उनले लगातार दोस्रो दिन १–ओभर ७० को कार्ड बनाए ।

पहिलो दिनका संयुक्त लिडर भूबहादुर गुरुङले ५–ओभर ७४ को प्रदर्शन गरे । समग्रमा ५–ओभर १ सय ४३ सहित घरेलु प्रो भूबहादुर पाँचौँ स्थानमा तल झरे ।

समग्रमा ६–ओभर १ सय ४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४–ओभर ७३ मा सकाए । उनी छैटौँ स्थानमा रहे । समग्रमा ७–ओभर १ सय ४५ को स्कोरका साथ सुरेश तामाङ र भुवनकुमार रोक्काले सातौँ स्थान बाँडे । सुरेशले २–ओभर ७१ र भुवनले ४–ओभर ७३ खेले । ४–ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८–ओभर १ सय ४६ सहित नवौँ तथा समग्रमा ९–ओभर १ सय ४७ सहित नेपाल नम्बर १ गल्फर निरज तामाङ दसौँ स्थानमा रहेका छन् । निरजले ४–ओभर ७३ को प्रदर्शन गरे ।

यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्ष स्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । उनले तेस्रो, चौथो, पाँचौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे ।  ५–पारको छैटौँ होलमा डबल बोगी खेपे । यसपछि १० औँ र १३ औँ होलमा एक–एक सट बचाउँदा ११ औँ होलको बोगीले ब्याक नाइन १–अन्डर ३४ मा पूरा गरे ।

शुक्रले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौँ होलमा बोगी खेपे । दोस्रो र छैटौँ होलमा एक–एक सट बचाए । यसपछि ब्याक नाइनमा सम्हालिँदै ३–अन्डर ३२ को स्कोर निकाले । उनले १० औँ, १५ औँ र १७ औँ होलमा बर्डीको सफलता प्राप्त गरे ।

जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १–ओभर ३५ खेले । यसपछि १० औँ होलमा बर्डी र १८ औँ होलको बोगीले ब्याक नाइन इभन–पार ३५ मा सकाए ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा छन् । उनले ३–ओभर ७२ सहित  समग्रमा ३–ओभर १ सय ४१ को स्कोर निकाले ।

पहिलो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका राहुल समग्रमा भने पाँचौँ स्थानमा झरे । किशन परियारले ३–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । उनले समग्रमा ११–ओभर १ सय ४९ स्कोर जोडे । एमेच्योरतर्फ  यी दुईले मात्र कट बनाए ।

समग्रमा १२–ओभर १ सय ५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनका लागी स्थान सुरक्षित गरे ।  प्रोतर्फ तोरणविक्रम शाही, रामे मगर, वसन्तराज गुरुङ, प्रदीपकुमार लामा, सुमन परियार, शिवकुमार माझी, दिनेश प्रजापति र दीपक मगरले कट बनाए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा यो पटक कूल पुरस्कार राशि वृद्धि गरिएको छ । कूल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.