विश्व हिमनदी दिवस मनाइँदै

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ०८:०५

काठमाडौ । विश्वभर आज (शुक्रबार) विश्व हिमनदी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

हरेक वर्ष मार्च २० मा मनाउने गरिन्छ । हिमनदीको महत्व र यसको संरक्षणबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो ।

हिमनदीहरू पृथ्वीको पारिस्थितिक प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । ताजा पानीको प्रमुख स्रोतका रूपमा रहेका हिमनदीहरूले समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

विश्वभर करोडौँ मानिसको दैनिक जीवनयापन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिमनदीमा निर्भर रहेको तथ्यसमेत सार्वजनिक गरिएको छ । तर, पछिल्लो समय बढ्दो तापक्रमका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् ।

हिमनदीहरू तीव्र गतिमा पग्लिएका कारण पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढाएको विज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघले हिमनदी पग्लने दरले विश्वको पारिस्थितिक प्रणाली, मानव जीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने खतरा बढाएको भन्दै हरितगृह ग्यास उत्सर्जन घटाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.