‘ट्रम्प फसे, इरान युद्धमा ‘एक्जिट’ देखिँदैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ९, सोमबार ०८:३९

एजेन्सी। इरानसँग जारी तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संकटमा परेका छन्  । पूर्वसीआईए प्रमुख लियोन पनेटाले द गार्जियनसँगको अन्तर्वार्तामा ट्रम्पलाई ‘चट्टान र खाडलबीच फसेको’ स्थिति रहेको भन्दै विश्वलाई कमजोरीको सन्देश दिइरहेको बताए ।

पनेटाले तीन हप्तादेखि जारी युद्धमा अमेरिकासँग कुनै स्पष्ट ‘एक्जिट रणनीति’ नभएको बताए । हर्मुज जलसन्धि अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा संकट सिर्जना भएको उनको भनाइ छ ।

यो जलमार्गबाट विश्व तेल व्यापारको करिब २० प्रतिशत हुँदै आएकोले यसको अवरोधले बजारमा ठूलो अस्थिरता ल्याएको पनेटाले बताए  । उनले ट्रम्पले युद्धको लक्ष्य र अन्त्यबारे मिश्रित संकेत दिइरहेको, भित्री आलोचना झेल्न बाध्य भएको र नेटोलाई सहयोगीको दृष्टिमा ‘कागजी बाघ’ जस्ता उपमा दिनु परेको उल्लेख गरे  ।

पनेटाले भने, ‘यदि ट्रम्पले जितको घोषणा गरे पनि युद्धविराम हुन सकेन भने त्यसको कुनै अर्थ रहँदैन ।’ पूर्वसीआईए प्रमुखले ह्वाइट हाउसद्वारा जारी ‘मिम–स्टाइल’ भिडियो र सैनिक तस्बिरको प्रयोगलाई असंवेदनशील भन्दै अमेरिकाको छवि कमजोर भइरहेको बताए ।

पनेटाले हर्मुज जलसन्धि नखुलेको खण्डमा युद्ध लामो हुने चेतावनी दिएका छन् । इन्धनको मूल्य बढ्नेछ र अमेरिका–विश्व आर्थिक नोक्सान र सम्भावित मन्दीको जोखिम बढ्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.