लेबनानमा आक्रमण तीव्र, ५१ स्वास्थ्य र सहायताकर्मीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १५, आइतबार ०८:३३

एजेन्सी । लेबनानमा जारी द्वन्द्वका क्रममा इजरायली आक्रमणबाट स्वास्थ्य तथा सहायताकर्मीको मृत्यु हुने क्रम बढेको छ ।

लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार पत्रकार सम्मेलनमार्फत मार्च २ देखि सुरु भएको द्वन्द्वयता हालसम्म ५१ जना स्वास्थ्य र सहायताकर्मीको मृत्यु भएको बताएका छन् । उनका अनुसार मृत्यु हुनेमध्ये ४६ जना सहायताकर्मी र ५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

शनिबार मात्रै ९ जना चिकित्सक तथा उद्धारकर्मीले ज्यान गुमाएको उनले पुष्टि गरेका छन् । तीमध्ये केहीलाई दक्षिणी लेबनानमा उद्धार कार्यमा खटिएको अवस्थामा आक्रमण गरिएको बताइएको छ ।

मृतकमध्ये ४ जना हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका सदस्य र ५ जना अमाल आन्दोलनसँग सम्बन्धित रिसाला स्काउट्सका सदस्य रहेको जनाइएको छ । लगातार भइरहेको आक्रमणका कारण उद्धार कार्यमा खटिने टोलीहरू उच्च जोखिममा परेको अधिकारीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार युद्धका बेला स्वास्थ्यकर्मी र उद्धारकर्मीलाई विशेष सुरक्षा दिइनुपर्ने भए पनि लेबनानमा उनीहरू नै प्रत्यक्ष निशानामा परिरहेका छन् । दक्षिणी लेबनानमा इजरायली हवाई तथा स्थल आक्रमण तीव्र बनेसँगै सर्वसाधारण र राहतकर्मी दुवैको अवस्था थप गम्भीर बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.