इरानको तेल लिन मन छ, मूर्खहरूले रोके: अमेरिकी राष्ट्रपति ट्रम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १६, सोमबार १२:४९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने अभिव्यक्ति दिएका छन्। ‘फाइनान्सियल टाइम्स’ लाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।

ट्रम्पले अन्तर्वार्तामा आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही ‘मूर्ख मानिसहरू’ ले आफूलाई रोकिरहेको गुनासो गरेका छन्। ‘साँचो भन्नुपर्दा, मेरो मनमा लागेको कुरा भनेको इरानको तेल लिनु हो तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरू भन्छन्– तिमी किन त्यसो गरिरहेका छौ ? ती मूर्ख मानिसहरू हुन्,’ ट्रम्पले भनेका छन्।

ट्रम्पको यो अभिव्यक्तिले खार्ग टापु कब्जा गर्न सकिने संकेत गरेको बीबीसीले जनाएको छ। खार्ग टापु इरानको प्रमुख तेल निर्यात टर्मिनल हो। ‘सायद हामी खार्ग टापु लिन्छौँ, सायद लिँदैनौँ, हामीसँग धेरै विकल्प छन्,’ उनले अन्तर्वार्तामा थपेका छन्, ‘यसको अर्थ हामी केही समय त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.