अमेरिका–इरान युद्ध अन्त्यका लागि निर्णायक वार्ता सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार १२:४३

इस्लामावाद । डेढ महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्यको पहलस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्। उपराष्ट्रपति भान्स भर्खरै इस्लामावाद आइपुगेको बीबीसीले जनाएको छ।

यसअघि नै अमेरिकाका अन्य विशेष दूतहरू इस्लामावाद पुगिसकेका छन्। इरानका तर्फबाट पनि उच्चस्तरीय विशेष प्रतिनिधिहरू वार्तामा सहभागी हुँदैछन्। आजदेखि सुरु हुने यस वार्ताले दुई देशबीचको तनाव कम गर्ने र जारी युद्धलाई विश्राम दिने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता आजदेखि सुरु भए पनि यो कति दिनसम्म चल्छ भन्ने कुरा अहिले नै निश्चित नभएको बताएका छन्।

Advertisement

दुवै देशका उच्च अधिकारीहरू एउटै टेबुलमा बस्न लागेकाले यस वार्तालाई विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ। पाकिस्तानले यस ऐतिहासिक वार्ताका लागि इस्लामावादमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.