
विराटनगर । विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगिताको आइतबार (आज) काठमाडौंको चर्च ब्वाईज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुँदैछ ।
आइतबार साँझ ६ बजेबाट दुवै टोलबीच खेल हुने आयोजकले जनाएको छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरमा पराजित गर्दै झापा-११ ले सेमिफाइनलको यात्रा तय गरेको छ ।

























