नर्स दिवसको अवसरमा दीर्घ सेवा गर्ने नर्सहरू सम्मानित

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १५:१४

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा दीर्घ सेवा गर्ने नर्सहरू सम्मानित भएका छन्। अस्पतालको नर्सिङ विभागले एक विशेष कार्यक्रम आयोजना गरी १० वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा प्रवाह गरिरहेका नर्सहरूलाई सम्मान गरेको हो।

अस्पतालका विभिन्न विभागमा कार्यरत नर्सहरूको समर्पण र मानवीय सेवाको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ। विशेषगरी सघन उपचार कक्ष (आईसीयू), अपरेशन थिएटर र आकस्मिक कक्ष जस्ता संवेदनशील विभागमा रहेर लामो समयदेखि सेवा दिइरहेका वरिष्ठ नर्सहरूलाई प्रशंसा पत्रसहित सम्मान गरियो।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. राजेश नेपाल, अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला र नायव प्रमुख कार्यकारी अधिकृत प्रा. डा. विजय साह लगायतको उपस्थिति थियो। अस्पताल प्रशासनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका मेरुदण्ड सरह रहेको चर्चा गर्दै उनीहरूको अथक मेहनत र सेवाभावप्रति कृतज्ञता व्यक्त गरेको छ।

नर्सिङ निर्देशक इन्दिरा पोखरेल, मेट्रोन श्रीजु पराजुली तथा नर्सिङ फ्याकल्टी र स्टाफहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले नर्सहरूको मनोबल बढाउन मद्दत पुगेको सहभागीहरूले बताए। नर्स दिवसको अवसरमा आयोजित यस सम्मानले स्वास्थ्य क्षेत्रमा नर्सहरूले पुर्‍याएको योगदानको कदर गरेको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×