सुनसरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १२:०९

इनरुवा । सुनसरीमा प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार अपरान्ह इनरुवा नगरपालिका–४ बस चोकस्थित पूर्व–पश्चिम राजमार्गबाट धरान उपमहानगरपालिका–१७ का ३५ वर्षीय अमित राई पक्राउ परेका छन् । चेकजाँच गर्ने क्रममा उनको साथबाट ५.८६ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुधबार राति ८ः२० बजेतिर धरान उपमहानगरपालिका–१७ घोपा चोकबाट धरान–८ का २५ वर्षीय प्रवेश राई र ३० वर्षीय मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचका क्रममा तामाङको साथबाट १.४६ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.