इटहरीमा ब्राउन सुगरसहित युवक पक्राउ, जाली नोटसमेत बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १२:४८
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीकार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा २३ वर्षीय रोहित चौधरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले बोकेको ब्यागभित्र लुकाईछिपाई राखिएको अवस्थामा ७ दशमलव ७९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ फेला परेको थियो ।

Advertisement

साथै, उनको साथबाट नगद ४७ हजार ५ सय रुपैयाँ र एक हजार दरको १ थान तथा पाँच सय दरको २ थान गरी जम्मा २ हजार रुपैयाँ जाली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चौधरीलाई बरामद लागुऔषध, नगद र जाली नोटसहित इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.