नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १७:०२

विराटनगर । मोरङ प्रहरीले नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै गरेको अवस्थामा चोरीको मोटरसाइकल बरामद गरेको छ । चोरीको मोटरसाइकसहित भारतीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–११ महेन्द्र चोकबाट हराएको मोटरसाइकल खोजतलासका क्रममा फेला परेको हो । नम्बर प्लेट परिवर्तन गरेर उक्त मोटरसाइकल चलाइरहेका भारतको बिहार राज्य अररिया जिल्ला सोनापुर–९ बस्ने २२ वर्षीय मोहमद सहानुवाजलाई पक्राउ गरिएको डीएसपी मिश्रले बताए ।

Advertisement

प्रहरीका अनुसार को १९ प ५२०२ नम्बरको मोटरसाइकल २०८३ वैशाख ७ गते दिउँसो करिब १२ः३० बजेतिर हराएको भन्दै विराटनगर–१४ का रवीन्द्रकुमार यादवले निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खोजी अभियान सञ्चालन गरिएको थियो ।

खोजतलासकै क्रममा आइतबार दिउँसो करिब ३ बजेतिर विराटनगर–१७ रानी क्षेत्रमा नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको डीएसपी मिश्रको भनाइ छ । त्यसलगत्तै मोटरसाइकल चालक मोहमद सहानुवाजलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

प्रहरीले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बर लुकाउन अर्को नम्बर प्लेट प्रयोग गरिएको जनाएको छ । सक्कली नम्बर प्लेट हटाएर उक्त मोटरसाइकलमा बीआर ३८–१३०८ नम्बर राखिएको पाइएको छ ।

पक्राउ परेका युवकलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएर चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी मिश्रले दिए । उनका अनुसार प्रहरीबाट पहिचान नहोस् भनेर चोरीमा संलग्नले नम्बर प्लेट परिवर्तन गर्दै चोरीको मोटरसाइकल चलाउने गरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
पूर्वगृहमन्त्री सुधन गुरुङलाई ‘क्लिन चिट’
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख निलम्बनमा
नेपाललाई एसियन गेम्स छनोटको उपाधि
नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ
विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेकका जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.