
विराटनगर । ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ कारबाहीमा परेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि लापरवाहीका साथ सवारी चलाएकाे कसुमा ५०० रूपैयाँ जरिवानाम गरेकाे हाे ।
कानुनभन्दा माथि कोही पनि हुँदैन र नियम सबैका लागि बराबर हुन्छ भन्ने सन्देश प्रवाह गर्दै कारबाही गरेकाे प्रहरीले जनाएकाे छ ।
ट्राफिक नियमविपरीतका कुनै पनि गतिविधि नगर्न र नगराउन प्रहरीले आग्रह गरेको छ ।

























