महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई ‘रोग निगरानी’ सम्बन्धी प्रशिक्षण

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १६:४६
महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई ‘रोग निगरानी’ सम्बन्धी प्रशिक्षण

विराटनगर । महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान र समुदाय स्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ सम्बन्धी सो कार्यक्रममा १९ वटै वडाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई रोगका लक्षण पहिचान, जोखिम मूल्यांकन, सूचना व्यवस्थापन तथा महामारी नियन्त्रणका व्यावहारिक सीप सिकाइने छ ।

कार्यक्रमको उद्घाटन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले महामारी नियन्त्रणका लागि समयमै सूचना प्राप्त हुनु सबैभन्दा महत्त्वपूर्ण हुने बताए । ‘समुदायमा देखिने असामान्य स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीले तत्काल सूचना संकलन र सम्प्रेषण गर्नुपर्छ,’ शर्माले भने, ‘ढिलो सूचना प्रवाहले महामारी नियन्त्रणमा चुनौती थप्न सक्छ, त्यसैले यस प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न जरुरी छ ।’

त्यस्तै, महानगरका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले कोरोना महामारीको अनुभव सुनाउँदै समुदाय, स्वास्थ्यकर्मी र स्थानीय सरकारबीचको सहकार्यले मात्र ठुला मानवीय क्षति रोक्न सकिने उल्लेख गरे ।

महानगरको जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार स्वास्थ्यकर्मीहरूलाई ‘सोरमास’ नामक डिजिटल सूचना प्रणाली सञ्चालनसम्बन्धी विशेष प्रशिक्षण दिइएको छ । यस प्रणालीमार्फत स्थानीय तहमा संकलित स्वास्थ्य विवरणहरू प्रदेश र संघीय निकायसम्म छिटो र व्यवस्थित रूपमा पुग्ने छन्, जसले गर्दा महामारी फैलिनुअघि नै आवश्यक रणनीति बनाउन सहज हुनेछ ।

स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीपकुमार यादवले रोगको प्रारम्भिक संकेतलाई बेवास्ता नगर्न आग्रह गर्दै भने, ‘संक्रमण फैलिनुअघि नै नियन्त्रण गर्न रिपोर्टिङ प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो ।’
जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण संक्रामक रोगको जोखिम बढ्दै गएको सन्दर्भमा यो निगरानी प्रणालीलाई प्रभावकारी मानिएको छ ।

विराटनगर महानगरले आगामी दिनमा सबै वडामा डिजिटल रिपोर्टिङ र आपत्कालीन स्वास्थ्य प्रतिकार्य संयन्त्रलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सागर प्रसाईं, पीएचआरडीका जनस्वास्थ्य प्रशासक लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×