संखुवासभामा बन्दुकसहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार ०९:१७
सांकेतिक फोटो ।

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोलबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले पाँचखपन–६ का ३५ वर्षीय विनय मगरलाई पक्राउ गरेको हो । घरछेउमा रहेको कागतीको झाडीमा लुकाएर राखेको अवस्थामा शुक्रबार एक नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बन्दुक फेला पारेपछि मगरलाई पक्राउ गरेको हो । मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.