सलाहको टोलीलाई लुकाकुले रोक्दा अंक बाँडियो

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०६:४१

सियाटल । अमेरिकाको सियाटलमा सोमबार भएको समूह ‘जी’ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यस समूहमा इरान र न्युजिल्यान्ड पनि रहेका छन् ।

इजिप्टले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । कप्तान मोहम्मद सलाहको उत्कृष्ट पासलाई सदुपयोग गर्दै इमाम अशोरले पेनाल्टी क्षेत्रबाट शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि अशोरको यो पहिलो गोल हो ।

पहिलो हाफको इन्जुरी समयमा बेल्जियमका जेरेमी डोकुले बराबरी गोल गर्ने अवसर खेर फाले । दोस्रो हाफमा कप्तान केभिन डी ब्रुएनाले पनि टोलीलाई खेलमा फर्काउने राम्रो मौका सदुपयोग गर्न सकेनन् ।

खेलको ६६औं मिनेटमा अनुभवी फरवार्ड रोमेलु लुकाकु मैदान प्रवेश गरेपछि बेल्जियमको आक्रमण धारिलो बनेको थियो । लुकाकुको दबाब रोक्ने क्रममा इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि बेल्जियमले खेल १–१ को बराबरीमा ल्यायो ।

लुकाकु मैदान छिरेको केही सेकेन्डमै उक्त गोल भएको थियो । त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमै समाप्त भयो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×