चेक अनादार प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह रकम बुझाएपछि छुटे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १२:१४

काठमाडौं । चेक अनादार प्रकरणमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह सोमबार बेलुका रिहा भएका छन् । पीडित पक्षलाई चेकअनुसारको रकम बुझाएपछि उनी छुटेका हुन् ।

प्रहरी स्रोतका अनुसार साहले पीडित पक्षलाई ४ लाख रुपैयाँ भुक्तानी गरेपछि रिहाइको प्रक्रिया अघि बढाइएको हो । उनीमाथि काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा पर्याप्त रकम नभएको बैंक खाताको चेक दिएको आरोप लागेको थियो ।

Advertisement

यस घटनासँग सम्बन्धित विवादमा शकुन्तला अधिकारी थापाले साहविरुद्ध २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले गत वर्ष जेठमै साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला सुनाएको थियो । अदालतले उनलाई एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिबानासमेत तोकेको थियो ।

तर, फैसला सुनाइँदा साह अदालतमा उपस्थित नभएका कारण उनी फरार सूचीमा थिए । त्यसपछि पीडित पक्षले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएको थियो ।

सोही जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई काठमाडौं ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

पीडित पक्षसँग रकम सम्बन्धी विषय मिलापत्र भएपछि साह सोमबार बेलुका रिहा भएका हुन् । चेक अनादारसम्बन्धी पुरानो अदालतको फैसला भने यथावत् रहेको छ ।

तपाइको प्रतिक्रिया
कारागारभित्र दुई कैदीको हत्या गर्ने ७ प्रहरीसहित १५ जनालाई जन्मकैद
बहुअपांगता बालकलाई आर्थिक सहयोग
कोशी लोकमार्गमा एकाबिहानै दुर्घटना, एक जनाको मृत्यु
चेक अनादार प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह रकम बुझाएपछि छुटे
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा इरानसँग बराबरी
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
फार्म हाउसमा खाडल खनेर लागुऔषध लुकाउने १३ जना पक्राउ 
फार्म हाउसमा खाडल खनेर लागुऔषध लुकाउने १३ जना पक्राउ 
 राप्रपा प्रमुख सचेतक खुश्बु ओलीलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ
राप्रपा प्रमुख सचेतक खुश्बु ओलीलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ
एजेन्ट सम्पर्कविहीन भएपछि नेपालबाट फर्किदै गरेका बंगलादेशी पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.