चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १७:५८
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको चिया पसलमा लागुऔषध गाँजाको अवैध कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनपालथान–४ कर्सियाका ४० वर्षीय गोपाल सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी कर्सियाको टोलीले सहनीको चिया पसलमा छापा मार्दा बिक्रीका लागि लुकाएर राखिएको ८ सय ग्राम गाँजा बरामद गरेको हो ।

Advertisement

सहनीले चिया पसलको गल्ला (पैसा राख्ने बाकस) भित्र गाँजाका स-साना पोका बनाएर लुकाई छिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पसलबाट गाँजासँगै नेपाली नगद पनि फेला परेको छ।

‘चिया पसलबाटै लागुऔषध गाँजा बिक्री भइरहेको छ भन्ने विशेष सूचना पाएपछि प्रहरी टोली खटाएका थियौँ,’ डीएसपी मिश्रले भने, ‘खानतलासी गर्दा गल्लाभित्रै स-साना पोका बनाएर राखिएको गाँजा बरामद भयो ।’

पक्राउ परेका सहनीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले जनाएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
स्तनपान प्रतिस्थापन : कानुन छ, कार्यान्वयन छैन
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
कारागारभित्र दुई कैदीको हत्या गर्ने सात प्रहरीसहित १५ जनालाई जन्मकैद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.