रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटाला कारागार चलान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार २०:०२

काठमाडाैं । काठमाडौँ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका मुख्य आरोपित गोविन्दबहादुर बटालाले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । लगतै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

गत बिहीबार सर्वोच्चको पूर्ण इजलासले उनलाई सफाइ दिने यसअघिको फैसला उल्ट्याउँदै १० वर्ष कैद सजाय सुनाएको थियो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।

Advertisement

२०६५ वैशाखमा व्यापारी श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा पुर्‍याएर कुटपिट गरी हत्या गरिएको थियो । सोही मुद्दामा तत्कालीन माओवादी कमान्डर कालीबहादुर खाम पनि जाेडिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.