स्वीडेनमाथि नेदरल्यान्ड्स हाबी

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०६:०८

अमेरिका । फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोलअन्तरले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको डच टोलीले दोस्रो खेलमा भने आक्रामक प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो । रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई–दुई गोल गरे । वेस्ट ह्यामका क्रिसेन्सियो समरभिलले थप एक गोल गर्दा स्वीडेनका एन्थोनी एलाङ्गाले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको पाँचौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिएको थियो । गोलरक्षक बार्ट भेर्ब्रुगेनको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण गरेका ब्रोबेले स्वीडेनको रक्षापंक्ति चिर्दै गोल गरे । १७औं मिनेटमा डेन्जेल डम्फ्रिसको लो–क्रसमा ब्रोबेले पुनः गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए ।

पहिलो हाफको इन्जुरी समयमा स्वीडेनले गोल फर्काएको जस्तो देखिए पनि अफसाइडका कारण त्यो गोलले मान्यता पाएन । पहिलो हाफ नेदरल्यान्ड्सकै दुई गोलको अग्रतामा सकियो ।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै डच टोलीले अर्को गोल थप्यो । डम्फ्रिसकै आकर्षक क्रसमा लिभरपुलका फरवार्ड कोडी गाक्पोले हेडमार्फत गोल गर्दै स्कोर ३–० बनाए । ५४औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्सले ४–० को अग्रता बनायो ।

यो गोलसँगै प्रतियोगितामा ३३ खेलमा कुल १०० गोल पूरा भएको छ । सन् १९५८ पछि विश्वकपमा यति कम खेलमा १०० गोलको आँकडा पार भएको यो पहिलो हो ।

५९औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । खेलको अन्त्यतिर क्रिसेन्सियो समरभिलले अर्को गोल थप्दै नेदरल्यान्ड्सको शानदार जित सुनिश्चित गरे ।

लगातार आक्रामक खेल र अवसरको भरपूर सदुपयोग गरेर स्वीडेनमाथि हाबी भएको नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । जापानसँगको पहिलो खेलमा अंक बाँडेको डच टोली स्वीडेनविरुद्धको फराकिलो जितसँगै नकआउट चरणतर्फ अघि बढेको छ ।

उता, लगातार दबाबमा परेको स्वीडेन भने समूह चरणबाट अघि बढ्ने सम्भावना जीवित राख्न अन्तिम खेलमा जापानविरुद्ध जित निकाल्नुपर्ने दबाबमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×