मोरङबाट दुई जना फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार १७:२३

विराटनगर । मोरङबाट दुई जना फरार प्रतिवादी सोमबार पक्राउ परेका छन् । अदालतले कैद र जरिबानाको फैसला सुनाएका प्रतिवादीहरु अलग–अलग स्थानबाट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले लुटपाट मुद्दामा दोषी ठहर भई फरार रहेका बेलबारी नगरपालिका–११ का ४५ वर्षीय रामबहादुर लिम्बूलाई सोमबार बिहान आफ्नै घरबाट पक्राउ गरेको हो । मोरङ जिल्ला अदालतले २०८१ माघ २९ गते उनलाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

Advertisement

त्यस्तै, बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय पेशल आचार्य पक्राउ परेका छन् । मोरङ जिल्ला अदालतले २०८१ कात्तिक १ गते आचार्यलाई १२ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । दुवै जना प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले सोमबार नै अदालतमा पेस गरेको छ ।

अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरे पनि कैद र जरिबाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीहरू पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार फरार प्रतिवादी पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.