फ्रान्स अन्तिम आठमा, सेमिफाइनलको प्रतिस्पर्धा मोरक्कोसँग

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ०६:१५

अमेरिका । कप्तान केलियन एम्बाप्पेको दोस्रो हाफको पेनाल्टी गोलको मद्दतमा साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको फिलाडेल्फियामा सम्पन्न राउन्ड अफ १६ को प्रतिस्पर्धामा फ्रान्सले संघर्षशील पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । खेलभर अनुशासित र रणनीतिक प्रदर्शन गरेको पाराग्वेले फ्रान्सलाई सहज रूपमा आक्रामक खेल देखाउने अवसर दिएन ।

Advertisement

अत्यधिक गर्मीबीच दुवै टोलीले कडा प्रतिस्पर्धा गरे पनि दोस्रो हाफमा भएको एउटा गल्ती पाराग्वेलाई महँगो सावित भयो । खेलको ७०औँ मिनेटमा डिजायर डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसको जिम्मेवारी लिएका एम्बाप्पेले कुनै गल्ती नगरी बललाई जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाए । अन्तिम समयसम्म उक्त गोल नै निर्णायक बन्यो ।

एम्बाप्पेको जारी विश्वकपमा यो सातौँ गोल हो । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन् । साथै, विश्वकपमा मेसीको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा एम्बाप्पे अब एक गोलले मात्र पछाडि रहेका छन् ।

खेलमा फ्रान्सले बल नियन्त्रण र आक्रमण दुवैमा स्पष्ट दबाब बनाएको थियो । फ्रान्सले ५९ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै १५ पटक प्रहार गर्दा पाराग्वेले पाँचवटा मात्र प्रहार गर्न सक्यो । त्यसमध्ये एउटा मात्र प्रहार पोस्टको दिशामा थियो ।

प्रतिस्पर्धाका क्रममा दुवै टोलीका खेलाडीबीच केही समय धकेलाधकेल र तनावपूर्ण अवस्था पनि देखिएको थियो । त्यसका बाबजुद फ्रान्सले संयम कायम राख्दै न्यून अन्तरको जित सुरक्षित गर्न सफल भयो ।

विश्वकपमा १८औँ सहभागिता जनाइरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनल पुग्न सफल भएको हो । अब सेमिफाइनल प्रवेशका लागि उसले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुई टोली सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पनि आमनेसामने भएका थिए । जहाँ फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । यसपटक मोरक्को पुरानो हारको बदला लिने लक्ष्यमा रहनेछ भने फ्रान्स अर्को पटक उपाधि यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×