गोल्डेन बुटको होड : मेसी शीर्ष स्थानमा

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार ०७:०३

अमेरिका । विश्वका चर्चित फुटबलर एवं अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकपको गोल्डेन बुट प्राप्त गर्ने होडको शीर्ष स्थानमा उक्लिएका छन् ।

बिहीबार बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध अर्जेन्टिनाले २–१ को पुनरागमन जित निकाल्दा ३९ वर्षीय मेसीले दुवै गोलमा उत्कृष्ट असिस्ट गर्दै आफ्नो दाबेदारी थप बलियो बनाएका हुन् । यस खेलमा मेसीले गोल गर्न नसके पनि दुई असिस्ट थपेपछि उनी फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको अग्रस्थानमा पुगेका छन् ।

Advertisement

हालसम्म दुवैले ७–७ खेलमा समान ८–८ गोल गरेका छन् । तर, फिफाको नियमअनुसार गोल संख्या बराबर भएमा असिस्टको आधारमा वरियताको निर्धारण गरिन्छ । मेसीको नाममा ४ असिस्ट पुगेको छ भने एमबाप्पेसँग ३ असिस्ट मात्रै छन् । यही कारण मेसी हाल गोल्डेन बुट दौडमा पहिलो स्थानमा रहेका हुन् ।

फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भइसकेकाले एमबाप्पेका लागि अब इंग्ल्याण्डविरुद्धको तेस्रो स्थानको खेल मात्र बाँकी छ । त्यस खेलमा उनले गोल वा असिस्ट थप्न सकेमा मात्रै मेसीलाई चुनौती दिन सक्नेछन् । यता इंग्ल्याण्डमाथि जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेकाले मेसीसँग गोल र असिस्ट दुवै बढाउने अर्को अवसर अझै बाँकी छ ।

गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका अन्य प्रमुख खेलाडी भने बाहिरिइसकेका छन् । ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए । ६–६ गोल गरेका इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्घमको यात्रा सेमिफाइनलमै टुंगिएको छ ।

फ्रान्सका उसमान डेम्बेले पनि ५ गोलसहित प्रतियोगिताबाट बाहिरिएका छन् । फाइनलमा पुगेको स्पेनका मिकेल ओयार्जुबाल ५ गोलसहित गोल्डेन बुटको दौडमा सातौँ स्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×