कोशी प्रदेशको आय र खर्च ६ वर्ष यताकै न्यून

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १०:२४

विराटनगर । कोशी प्रदेश सरकारको कुल आय र बजेट खर्च ६ वर्ष यताकै न्यून भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३० अर्ब ३८ करोड ४७ लाख रुपैयाँ कुल आय गरेको थियाे । याे आर्थिक वर्ष २०७६/०७७ यताकै सबैभन्दा कम हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब २८ करोडले कम हाे । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल आय २८ अर्ब २३ करोड भएको थियो ।

Advertisement

तथ्याङ्क अनुसार प्रदेशको आन्तरिक राजस्वमा पनि गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ८९ करोड रहेको आन्तरिक राजस्व गत वर्ष १९ करोडले घटेर ४ अर्ब ७० करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ ।

बजेट खर्चको अवस्था पनि निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा जम्मा २६ अर्ब २५ करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको छ । खर्च कम हुँदा प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ बचत देखिएको छ ।

तीन वर्षअघि १८ अर्ब ११ करोड रुपैयाँ पुँजीगत खर्च भएको कोशी प्रदेशमा गत वर्ष जम्मा १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×