भेडेटारमा ६४७ केजी गाँजासहित दुई जना पक्राउ 

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ११:५७
भेडेटारमा ६४७ केजी गाँजासहित दुई जना पक्राउ 

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकबाट प्रहरीले ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

कोसी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याइएको ६४७ किलोग्राम गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।

बिहीबार बिहान करिब ५ः३० बजे भेडेटार चोकमा खटिएको प्रहरी टोलीले शंका लागि उक्त ट्रकलाई रोकी चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरिएका ४८ वटा पोकामा लुकाएर राखिएको ६४७ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–०३ का २७ वर्षीय उमेश थिङ (चालक) र धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई (सहचालक) रहेका छन् ।

पक्राउ परेका उनीहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×