
हिउँदको ठिहीझैँ यो मन बेस्सरी चिसाएको छ
काँडाको बाटो हिँड्दा पैताला धेरै बिझाएको छ।
निःशब्द छु म अनि मौन छन् मेरा शब्दहरू पनि
फेरि पनि यो नाकभित्र द्वेषको गन्ध आएको छ।
सौगातका तीक्ष्ण प्रहारहरूले बिझाइरहन्छ मन
यस्तै सिलसिलाबीच मनले दुःख बिसाएको छ।
कहाँ जाऊँ, उल्झनबाट कसरी आफैँलाई बचाऊँ
विचारको भुमरीभित्र चेतनाले सास्ती पाएको छ।
हाँस्न आउँछन् ओठहरू फरेबको मुखौटो ओढेर
यी ओठहरूको ताँती देख्दा मन अझ डराएको छ।



















