ब्राउन सुगरजस्तो पदार्थसहित बेलबारीबाट एक जना पक्राउ

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार ०९:४९

विराटनगर । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका-२ लालभित्तीस्थित कबिर टोलमा भोजबहादुर राईको घरको कोठामा लागुऔषध लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले आइतबार राति खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ र पाँच हजार रुपैयाँ नगद बरामद गरेको हो ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.