राजधानी युवा क्लबको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, चार जोडी पुरस्कृत

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १४:१३

विराटनगर । राजधानी युवा क्लब विराटनगर–३ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो। दुवै समूहबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने चार जोडी छनोट भएका छन्।

प्रतियोगिताको समूह  ‘ए’ तर्फ ढकराज कटवाल र नारायण खड्काको जोडी प्रथम भएका छन् भने सुजन बिक र तारा बस्नेतको जोडी द्वितीय भएको छ। त्यस्तै, समूह ‘बी’ तर्फ कमल रिमाल र रोशनबाबु सुबेदीको जोडीले प्रथम स्थान हासिल गर्दा रोशन राउत र मणिराम ढकालको जोडी द्वितीय भएका छन् ।

प्रतियोगिताको फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई मेडल र नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। फर्स्ट ग्रेभियरका सञ्चालक दीपक गौतम, क्लबका अध्यक्ष राजु ढकाल र खेल संयोजक नवराज काफ्लेले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

क्लबले सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको रुचि र सक्रियता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। विभिन्न पेसा तथा क्षेत्रमा आबद्ध क्लबका सदस्यहरूको सहभागिता रहेको प्रतियोगिताले खेलकुदसँगै आपसी सम्बन्ध र एकतालाई थप मजबुत बनाएको आयोजकको विश्वास छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.