
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ हजार रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ६७ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलाको १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३५ रूपैयाँ कायम भएको छ । बुधबार तोलाको ४ हजार ९ सय ३५ रूपैयाँ थियो ।

























