बाहुनडाँगीमा महोत्सव हुने: नेपाल, भारत र भुटानका रैथाने खानेकुरा

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १२:३८

झापा । माघे सङ्क्रान्तिको अवसर पारेर झापाको मेचीनगर–४ बाहुनडाँगीमा आगामी पुस ३० र माघ १ गते दुई दिने ‘अन्तर्राष्ट्रिय तरुल महोत्सव’ आयोजना हुने भएको छ। हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा पर्यटकीय चहलपहल बढाउने र रैथाने खानेकुराको संरक्षण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा नेपालसहित छिमेकी मुलुक भारत र भुटानमा उत्पादन हुने विभिन्न जातका तरुल र १८ प्रकारका रैथाने खानेकुराहरूको विशेष प्रदर्शनी गरिने आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो। सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाहरूको सहकार्यमा हुन लागेको यो चौथो संस्करणको महोत्सव हो। कोशी प्रदेश सरकार, पर्यटन कार्यालय काँकडभिट्टा र युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले यसमा सहयोग गरेका छन्।

परम्परागत र पोषिलो खानपानको महत्त्व दर्शाउन आयोजना गरिएको यस महोत्सवलाई करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा स्थानीय र रैथाने स्वादका साथै चर्चित लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.