
काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।
शुक्रबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रति तोला २ लाख ६७ हजार ८०० रुपैयाँ तोकेको छ। यसअघि बिहीबार छापावाल सुन प्रति तोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने केही गिरावट देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ।

























