
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य
२ लाख ६७ हजार ८ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला २ सय १० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ४ हजार ९ सय ९० रूपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ७ सय ८० रूपैयाँ थियो ।

























