
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको हो । सुन र चाँदी दुवैको आइतबार पनि भाउ बढेको थियो । लगातार मूल्य बढिरहेको छ ।
सुनको मूल्य सोमबार प्रतितोला ४ हजार १ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ७४ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुन आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलोको २ सय ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ९५ रूपैयाँ पुगेको छ । आइतबार मूल्य ४ हजार ९ सय ९० रूपैयाँ थियो ।

























